सन्दीप लामिछाने बने एनसेल ‘स्टार हम्बल हिरो’

 असोज १२, २०७५ शुक्रबार २१:९:४० | उज्यालो सहकर्मी

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले बिहीबार (असोज १२ गते) नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनाएका क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई वर्षका लागि आबद्ध गरेको छ ।
 

‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफूलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गौरवान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुर्‍याउने उद्देश्य लिई तयार पारेको हो ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहीबार एक कार्यक्रममाझ गरेको हो । कार्यक्रम सिफलस्थित बालमन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दीपले बालमन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दपीसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए ।
 
‘देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदानगर्न एनसेलले सुरु गरेको यो पहल वास्तवमै सरहानीय छ । यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केही गर्ने उर्जा प्रदान गर्ने विश्वास छ’, सन्दीपले भने ।
 

‘नेपाली क्रिकेटका चम्किला तारा सन्दीपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौँ । उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यसित मेल खान्छ’, एनसेलका प्रमुख कमर्सियल अधिकृत एण्डी चोङ्ले भने । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया