महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आज : नेपालले भारतसँग खेल्दै

 भदौ ३१, २०७९ शुक्रबार ६:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेकाे हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालको महिला टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले डेङ्गी सङ्क्रमणका कारण आजको खेलमा खेल्ने/नखेल्ने निर्णय भइसकेको छैन । त्यसअघि दिउँसो १ बजे बङ्गलादेश र भुटान खेल्दैछन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

महिला साफको इतिहासमा भारतले बङ्गलादेशसँग पहिलो पटक हार ब्यहोरेको थियो ।
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया