राष्ट्रिय महिला फुटबल टाेलीका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

 असोज ३, २०७९ सोमबार २०:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएकाे घोषणा गरेका छन् ।

साेमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले राजीना दिएका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भने, ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गर्न सकिनँ । अहिले नै पद त्यागको घोषणा गर्छु ।’   

थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षककाे जिम्मेवारी पाएका थिए । यसअघि उनले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टाेली सेमिफाइनलमा राेकिएकाे थियाे । त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेकाे थियाे । यस पटक भारतलाई सेमिफाइनलमा हराए पनि नेपाल फाइनलमा बङ्ग्लादेशसँग तीन–एकले पराजित बन्न पुग्याे । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया