तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इङ्ल्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान पराजित भएको छ । गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ल्यान्डले २–१ को अग्रता बनाएको छ ।
इङ्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका शान मसुदले अविजित ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
इङ्ल्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । इङ्ल्यान्डका बेन डुकेट र ह्यारी ब्रुक्सले अविजित अर्धशतकीय पारी खेले ।
डुकेटले ७० तथा ब्रुक्सले ८१ रन जोडे । पाकिस्तानका उस्मान कादिरले २ तथा मोहम्मद हुसाइनले १ विकेट लिए । दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने पहिलो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । दुई देशबीचको चौथो टी–२० भोलि हुनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।