अन्तिम समयमा गाेल, अार्सनल पाँचाै स्थानमा उक्लियाे

 असोज १४, २०७५ आइतबार ६:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पाँचौ स्थानमा उक्लिएको छ । सात खेलबाट १५ अंक जोड्दै पाँचौ स्थानमा आएको हो ।

शनिबार राति भएको खेलमा आर्सनलले वार्टफोर्डमाथि २–० को जित निकालेको हो । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर ८१ औं मिनेटमा आर्सनलले आत्मघाति गोल उपहार पाएपछि १–० को अग्रता बनाएको थियो । वाटफोर्डका कारिग क्याथकार्डले आत्मघाति गोल गरेका थिए ।

त्यसको २ मिनेट पछि नै आर्सनलका मेसुट ओजिलले गोल गर्दै आर्सनलाई २–० को अवस्थामा पुर्याएका थिए । त्यसपछि थप गोल नभएपछि आर्सनले २–० ले विजयी हुँदै प्रिमियर लिगको तालिकामा एक स्थान माथि उक्लदै पाँचौ स्थानमा आएको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया