तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – भाेलि मङ्गलवार हुने बङ्ग्लादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालकाे कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् ।
आज सोमवार अखिल नेपाल फुटबल सङ्घमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रङ्गशालामा मङ्गलवार बेलुकी ५ बजे हुनेछ ।
सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रूपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रङ्गशालामै मरिसससँग दुई वटा मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किँदा उत्साहित हुँदै किरणले बङ्ग्लादेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे
पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए । उनले नेपाली टोलीको तयारी राम्रो भएको पनि बताए ।
यसअघि एसिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोलीबाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् ।
नेपाल र बङ्ग्लादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिस्पर्धा भएको छ । जसमा बङ्ग्लादेशले १२ खेल जितेको छ भने नेपालले सात खेल मात्रै जितेको छ । पाँच खेल बराबरीमा सकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।