खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खान निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खाएकाे पाइए एक सय रुपियाँ जरिबाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।
रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिडभाड बढी हुने ठाउँमा नागरिकले खुलेआमरूपमा सुर्तीजन्य पदार्थ खाइरहेका पाइएको छ । कामपाका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगर प्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताउनुभयो ।
सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ–नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिबाना गर्ने बताइएको छ ।
कामपा नगर सभाको ११ औँ अधिवेशनले सार्वजनिक ठाउँमा धूम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।