तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टी–२० क्रिकेटमा पाँच वटा विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टी–२० मा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गरी तीन खेलको शृङ्खला एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टी–२० शृङ्खला जित्न सफल भएको हो ।
डेविड मिलर टी–२० मा पाँचौँ नम्बरमा ब्याटिङ गर्दै दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । मिलरले यसअघि पाँचौँ नम्बरमा ब्याटिङ गर्दै सन् २०१७ मा बङ्ग्लादेशसँग अविजित शतकीय पारी खेलेका थिए । त्यस्तै चौथो विकेटका लागि सर्वाधिक ठूलो रनको साझेदारी भएको छ ।
दक्षिण अफ्रिकाका डी कक र मिलरले गरेको १ सय ७४ रनको अविजित साझेदारी टी–२० मा चौथो विकेटका लागि सर्वाधिक ठूलो हो । त्यस्तै भारतीय ब्याटर सूर्यकुमार यादव सबैभन्दा कम बलमा एक हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । उनले ५ सय ७३ बलमा यो सफलता हात पारेका हुन् । भारत र दक्षिण अफ्रिकाबीचको खेलमा डेथ ओभरमा कुल १ सय ६० रन बनेको थियो । डेथ ओभर १६ देखि २० ओभरलाई मानिन्छ ।
भारतले डेथ ओभरमा ८२ र दक्षिण अफ्रिकाले ७८ रन जोडेको थियो । त्यस्तै भारत टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक योगफल बनाउने टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाविरुद्ध सन् २०१५ मा वेस्टइन्डिजले ६ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । टी–२० मा सर्वाधिक ठूलो योगफल अफगानिस्तानले सन् २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।
हिजो गुवाहाटीमा भएको खेलमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० भोलि हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।