बालिकामाथि हुने जघन्य घटना नियन्त्रणका लागि सरकार लागि परेको छ: मन्त्री पाेखरेल

 असोज १४, २०७५ आइतबार १५:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठकमाडाै् - कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अापराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागिपर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको पनि स्पष्ट पार्नुभयो ।

आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ लाई उद्घाटन गर्दै उहाँले बालिकामाथि भइरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल गरिरहेको दावी पनि गर्नुभयो ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले समाजमा रहेका असमानता अन्त्य गरी बालिका तथा किशोरीमाथि लगानी गरेर उनीहरुमाथि भइरहेको बलात्कार, हत्यालगायतका घटना नियन्त्रण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनीकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

अभिनेत्री मनिषा कोइरालाले शिक्षाको अभाव र बालविबाहका कारण नेपालमा बालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना घटिरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न उनीहरुको शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

‘सक्षम बालिकाः समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले बढ्दो बालिका हत्या, बलात्कार लगायतका घटना न्यूनीकरणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया