अादिआवादी महिला भलिबल: न्यू डायमण्ड र चितवन टाइग्रेस सेमिफाइनलमा

 असोज १४, २०७५ आइतबार १९:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अादिआवादी महिला भलिब एभीएलमा न्यू डायमण्ड र चितवन टाइग्रेस एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

नेपाल आर्मी लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितबाट बाहिरिएपछि  न्यू डायमण्ड र चितवन टाईग्रेस सेमिफाइनलमा पुगेका हुन् ।

त्रिपुरेश्वरमा रहेकाे भलिबल कोर्टमा आइतबार भएको खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३–२ को कठिन सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो सेट न्यू डायमण्डले २५–१५ ले सहजै आफ्नो पक्षमा पारे पनि आर्मीले लगातार २ सेट जित्दै  न्यू डायमण्डलाई कडा चुनौती दिएको थियो ।

आर्मीले दोस्रो र तेस्रो सेट  २५–२२ र  २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।  चौथो सेट भने  न्यू डायमण्डले २५–२२ ले जिते पछि खेल अन्तिम सेट सम्म पुगेको थियो ।

अन्तिम सेटमा न्यू डायमण्ड १५–११ ले विजयी   भएपछि त्रिभुवन आर्मी प्रतियोगितबाट बाहिरिन बाध्य भयो ।

यो समूहको अन्तिम खेलमा चितवन टाइग्रेस र न्यू डायमण्ड  समूह विजेता र उप विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया