काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)
कात्तिक १७, २०८१ शनिबार
कास्की – विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह 'बी' बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा पुलिसले लुम्बिनीलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।
आज शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले सात विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो ।
पुलिसले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । लुम्बिनीका सात खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङतर्फ पुलिसकी ईश्वरी विष्टले चार विकेट लिइन् । यस्ते रुबिना क्षेत्री र हिरनमय रोयले दुई/दुई विकेट लिए ।
यसअघि पाेखरा रङ्गशालमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक १२ रन बनाएकाे थियो । पुलिसका लागि कविता जोशीले नटआउट ४८, सम्झना खड्काले २९ र अप्सरी बेगमले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सुस्मिता भुषाल र मनिषा रानाले दुई/दुई विकेट लिए ।
शुक्रवारकै अर्को खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई सात विकेटले हरायाे । कर्णालीले दिएकाे ५४ रनको लक्ष्य प्रदेश १ ले ६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्याे । प्रदेश १ का लागि निशा शाहले १८, लखिता राजवंशीले नटआउट १४ रन बनाइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली १६ ओभर १ बलमा ५३ रनमा अलआउट भयाे । कर्णालीका लागि यमुना थारुले २१, विना थापाले ११ रन बनाइन् । बलिङतर्फ प्रदेश १ की लखिता राजवंशीले तीन ओभरमा एक मेडनसहित पाँच रन खर्चेर चार विकेट लिइन् । यस्तै एलिसा खडियाले तीन विकेट लिइन् ।
समूह 'बी' बाट पुलिस विजेताको रूपमा र लुम्बिनी उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।