नवाैँ राष्ट्रिय खेलकुदकाे औपचारिक उद्घाटन

 असोज २८, २०७९ शुक्रबार १९:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले बाजागाजा र झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टोलीले मार्चपाससमेत गरेका थिए । आज औपचारिक उद्घाटन भए पनि केही खेलहरू यसअघि नै सुरु भएका थिए ।

३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । प्रतियाेगितामा ६ हजार एक सय ५७ खेलाडीले भाग लिने बताइएको छ ।

प्रतियोगिता झन्डै एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो । 

३६ खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया