नवौँ राष्ट्रिय खेलकुदमा ३८ स्वर्णसहित नेपाल आर्मीको वर्चश्व

 असोज ३१, २०७९ सोमबार ६:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।

आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको छ । यस्तै, दोस्रोमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको छ ।

नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यसहित ३५ पदक, वाग्मतीले १० स्वर्णसहित ३६, गण्डकीले आठ स्वर्णसहित २८ र एनआरएनएले चार स्वर्णसहित ११ पदक जितेका छन् । यस्तै, मधेस प्रदेशले दुई स्वर्णसहित आठ र सुदूरपश्चिमले एक स्वर्णसहित १० पदक जितेका छन् ।

लुम्बिनी र कर्णाली प्रदेशले अहिलेसम्म स्वर्ण जितेका छैनन् । 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया