चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

 असोज १५, २०७५ सोमबार १८:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ ।

कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी। एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ ।

नोबेल पुरस्कार प्रदान गर्ने द स्वीडिस एकेडेमी फ्रान्सेली फोटोग्राफर तथा कला निर्देशक जिन क्लाउडी अर्नाउल्टलाई बलात्कारको मुद्धामा दोषी ठहर गरिएको छ ।

उनलाई अदालतले दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । स्वीडेनको अदालतले सोमबार अर्नाउल्टलाई बलात्कारकोे दुईवटा मुद्धामध्ये एउटामा दोषी रहेको फैसला सुनाएको हो । ७२ वर्षका अर्नाउल्टलाई स्वीडेनको जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

उनलाई ५ अक्टोबर र ६ अक्टोबर सन् २०११ को यौन हिंसामा दोषी ठहर गरिएको छ । मी टू ह्यासट्यागको कारण १८ जना महिलाले अर्नाउल्टमाथि यौन हिंसाको आरोप लगाएका थिए । एकेडेमीमा त्यस्तो आरोप लागेकै कारण यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार स्थागित भएको छ ।

अर्नाउल्टका वकील बिजोर्न हर्टिङले तत्कालै केही भनेका छैनन् तर अर्नाउल्टले आफूविरुद्ध लगाइएका आरोप स्वीकार नगरेको उनले बताएका छन् । अर्नाउल्टले स्वीडिस एकेडेमीकै एकजना महिला क्याटरिना फ्रोस्टेनसनसँग विवाह गरेका छन् । उनलाई पनि भष्ट्राचारको मुद्धा लगाइएको छ ।

अर्नाउल्टले साहित्यतर्फको पुरस्कार कसले जितेको छ भन्ने सूचना मिडियामा चुहाएको एकेडेमीका सदस्यले आरोप लगाएका छन् । यो काण्ड भएपछि स्वीडिस एकेडेमी स्थापना भएदेखि अहिलेसम्मकै नराम्रो संकटमा परेको बताइएको छ ।

त्यसै कारण सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार नदिइने एकेडेमीले जनाएको छ । एकेडेमीले सबैको विश्वास गुम्ने डरले यस वर्षको साहित्यतर्फको पुरस्कार स्थगित गर्ने जनाएको हो  । ६ दशक पछि साहित्यतर्फको नोबेल पुरस्कार स्थागित भएको हो ।

गएको मे महिनामा अर्नाउल्टकी श्रीमती कवि तथा क्याटरिना फ्रोस्टेनसनलाई  स्वीडिस एकेडेमीको १८ सदस्यीय कमिटिबाट हटाउने–नहटाउने भन्ने सम्बन्धमा मतदान भएको थियो र नहटाउने पक्षमा बढी मत खसेको थियो ।

त्यसपछि कमिटिका सात जनाले राजीनामा दिएका थिए । राजीनामा दिनेमा क्याटरिना पनि थिइन् ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ ।

बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया