टी–२० विश्व कप : वेस्ट इन्डिजले जिम्बावेलाई हरायाे

 कात्तिक २, २०७९ बुधबार १७:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : जिम्बावे क्रिकेट

बझाङ – आईसीसी टी–२० विश्व कपमा वेस्ट इन्डिजले जिम्बावेलाई हराएको छ । होबार्टमा भएको खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले हरायो । 

वेस्ट इन्डिजले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर २ बलमा एक सय २२ रनमै अलआउट भयो । उसका लुक जोङ्वीले २९ र वेसले माधेभिरेले २७ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अलजारी जोसेफले चार र जेसन होलडरले तीन विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाए । उसका जोनसन चाल्र्सले ४५ र रोभम्यान पोवेलले २८ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए । 

यो जितसँगै वेस्ट इन्डिज दुई अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा जिम्बावे दोस्रो र आयरल्यान्ड चौथो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया