काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्का सुपर–१२ मा प्रवेश गरेकाे छ । आज बिहीवार भएकाे समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदै श्रीलङ्का समूह 'ए' बाट सुपर–१२ मा पुगेकाे हाे ।
साइमन्ड्स स्टेडियम जिलाेङमा भएकाे खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायाे । श्रीलङ्काले दिएकाे एक सय ६३ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नाै विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्याे । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र महेश थिकशनाले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६२ रन बनायाे । उसका कुसल मेन्डिसले ७९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकरेन र बास दी लीडेले दुई–दुई विकेट लिए ।
समूह चरणकाे पहिलाे खेलमै नामिबियासँग हारेकाे श्रीलङ्काले बाँकी दुई खेलमा जित निकाल्दै सुपर–१२ मा पुग्ने पहिलाे टाेली बनेकाे छ । यस्तै यही समूहबाट सुपर–१२ जाने अर्काे टाेलीकाे टुङ्गाे आजकै दाेस्राे खेलमा लाग्नेछ । नेदरल्यान्ड्स सुपर–१२ मा पुग्न यूएई र नामिबियाबीचकाे खेलमा निर्भर पर्नेछ । त्याे खेल नामिबियाले जितेमा नेदरल्यान्ड्स नेट रनरेटको कारण बाहिरने छ । नामिबियाले हारेमा भने नेदरल्यान्ड्स सुपर–१२ मा पुग्नेछ ।
यस्तै समूह 'बी' बाट सुपर–१२ मा जाने टाेलीकाे टुङ्गाे भाेलि शुक्रवारकाे खेलले निर्धारण गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।