२ पटककाे च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै आयरल्यान्ड टी–२० विश्व कपकाे सुपर १२ मा

 कात्तिक ४, २०७९ शुक्रबार १३:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई पटककाे च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटकाे पहिलाे चरणबाटै बाहिरिएकाे छ । आज शुक्रवार भएकाे खेलमा आयरल्यान्डसँग नाै विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर १२ मा नपुगि बाहिरिएकाे हाे । वेस्ट इन्डिज सन् २०१२ र २०१६ काे टी–२० विश्व कप क्रिकेटमा च्याम्पियन बनेकाे थियाे ।

हाेबार्टमा वेस्ट इन्डिजले दिएकाे एक सय ४७ रनकाे लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर भेटायाे । उसका पउल स्टर्लिङले ६६ र लाेर्कन टकरले ४५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनायाे । उसका ब्रान्डन किङले ६२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका ग्यारेथ डिलेनीले तीन विकेट लिए । 

याे जितसँगै आयरल्यान्ड समूह 'बी' बाट समूह १२ मा पुग्ने पहिलाे टिम बनेकाे छ । आजै हुने समूह 'बी' कै अर्काे खेलमा जिम्बावे र स्कटल्यान्ड खेल्दैछन् । यस खेलकाे विजेताले दाेस्राे टिमकाे रूपमा समूह १२ स्थान बनाउनेछ ।  

यसअघि हिजाे बिहीवार भएकाे खेलमा समूह 'ए' बाट श्रीलङ्का र नेदरल्यान्ड्स सुपर १२ मा प्रवेश गरेका थिए । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया