भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावे सुपर १२ मा प्रवेश गरेकाे छ । आज शुक्रवार भएकाे खेलमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश गरेकाे हाे ।
स्कटल्यान्डले दिएकाे एक सय ३३ रनकाे लक्ष्य जिम्बावेले पाँच विकेट गुमाएर नाै बलअघि नै भेटायाे । उसका कप्तान क्रेग अर्भाइनले ५८ र सिकन्दर राजाले ४० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका जाेश डेभेले दुई विकेट लिए ।
यसअघि हाेबार्टमा टस जितेर ब्याटिङ गरेकाे स्कटल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३२ रन बनायाे । उसका जर्ज मुन्सेले ५४ रन बनाए । बलिङतर्फ जिम्बावेका तेन्दाई चतरा र रिचार्ड एनगाराभाराले दुई–दुई विकेट लिए ।
योसँगै सुपर १२ मा पुग्ने चार वटै टोलीको टुङ्गो लागेको छ । जिम्बावे समूह 'बी' काे विजेता बन्दै सुपर १२ मा प्रवेश गरेकाे हाे । आजै भएकाे पहिलाे खेलमा आयरल्यान्ड यही समूहबाट उपविजेता बन्दै सुपर १२ मा पुगेकाे छ ।
यस्तै समूह 'ए' बाट श्रीलङ्का विजेता र नेदरल्यान्ड्स उपविजेता बन्दै सुपर १२ मा पुगेका छन् । सुपर १२ को खेल भाेलि शनिवारदेखि सुरु हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।