काभ्रेका बाढीपहिरो पीडितलाई तिहारकाे फूल र बत्तीको झिलिमिली...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह 'ए' काे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएकाे छ । आज मङ्गलवार पर्थमा भएकाे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायाे ।
श्रीलङ्काले दिएकाे एक सय ५८ रनकाे लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायाे । उसका मार्कस स्टाेइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनायाे । उसका पथुम निसन्काले ४० र चरिथ असलङ्काले नटआउट ३८ रन बनाए । बलिङतर्फ जाेश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।
याे जितसँगै अस्ट्रेलिया अङ्क तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ भने श्रीलङ्का तेस्राे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।