न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द, दुवै टाेलीले १–१ अङ्क बाँडे

 कात्तिक ९, २०७९ बुधबार १७:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द भएकाे छ । 

मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाका कारण यी दुईबीचकाे खेल रद्द भएकाे हाे । खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् ।  

याेसँगै समूह '१' मा रहेकाे न्युजिल्यान्ड दुई खेलमा तीन अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उति नै खेल खेलेकाे अफगानिस्तान एक अङ्कसहित पुछारमा छ । 

यसअघि आजै भएकाे पहिलाे खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इङ्ग्लयान्डलाई पाँच रनले हराएकाे थियाे । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया