जिम्बावेले पाकिस्तानलाई १ रनले हरायाे

 कात्तिक १०, २०७९ बिहीबार २०:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएकाे छ । पर्थमा भएकाे खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएकाे हाे । 

जिम्बावेले दिएकाे एक सय ३१ रनकाे मध्यम लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्याे । उसका शन मसुदले ४४ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायाे । उसका सेन विलियम्सले ३१ रन बनाए । बलिङतर्फ पाकिस्तानका माेहम्मद वसिमले चार र शदाब खानले तीन विकेट लिए । 

याे जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह '२' काे तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पाकिस्तान भने अङ्कविहीन छ ।  

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया