निजगढ विमानस्थल बनाउन प्रतिपक्ष र सत्तापक्ष मिलेर अघि बढ्नुपर्छ : कांग्रेस

 असोज १६, २०७५ मंगलबार १४:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भइरहेको उल्लेख गर्दै सरकारलाई सचेत रहन आग्रह गरेको छ । 

राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता एवम् कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भइरहेको दावी गर्दै सचेत रहन सरकारलाई आग्रह गर्नु भएको हो । 

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले वातावरणीय प्रभाव मुल्यांकनको नाममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भइरहेकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले त्यो विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । विमानस्थल  निर्माण अघि बढाउनका लागि सहज वातावरण बनाउन समितिले स्थलगत अवलोकनको काममा पनि ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दलका नेता पाण्डेको प्रस्ताव छ ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि विवाद तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दसैं र तिहारको बीचमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिनु भएको थियो 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • तिर्थराज

    Oct. 2, 2018, 2:56 p.m.

    बिकासको नाम आउने ठिकै हो तर षड्यन्त्र चाहि कममात्र गरेकोे भए

  •  0 Reply

तपाईको प्रतिक्रिया