अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
मकवानपुर – तेल बोक्ने ट्यांकरबाट अवैध रुपमा भारत निकासी गर्न लागिएको ठूलो परिणामको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ९५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । गाँजा ओसारपसार भएको भन्ने सूचना प्राप्त गरेपछि लागुऔषध प्रहरी व्युरो काठमाडौंबाट आएको प्रहरीले मकवानपुरको मनहरीबाट गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिङले बताउनुभयो ।
चितवनबाट हेटौडा आउँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरलाई रोकेर चेकजाँच गर्दा ट्यांकरको तेल राख्ने १ नम्बर चेम्बरमा ७ पोका २ नम्बर चेम्बरमा १५ पोका गरी २ सय ९५ किलो लागुऔषध गाँजा फोला परेको प्रहरीले जनाएको छ ।
ट्याङकर र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज बस्ने ३८ वर्षका प्रहलादबहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।
tanka bhattarai
Oct. 3, 2018, 5:48 a.m.यी त प्रतिनिधि खबर मात्र हुन , यस्ता तस्करहरु सत्ता र पार्टीका आडमा बलिया भएर बसेका छन् । यस्ताको जरो पत्ता लगाउने सक्ने प्रहरी प्रसासन चाहियो सरकार अब ।