काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ । आज शुक्रवार कीर्तिपुर मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई एक सय ६९ रनले हरायो ।
आर्मीले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभर ४ बलमा अलआउट हुँदै एक सय १३ रनमात्र बनाउन सक्यो । उसका लागि वसन्त खत्रीले २५, नारायण जोशीले १९, गजेन्द्र भण्डारीले १७ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले तीन तथा विक्रम सोब र शाहब आलमले दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनायो । उसका लागि अर्जुन साउदले ७३, रोहित पौडेलले ५२, कुशल मल्लले ४३, भीम सार्कीले ३४, विनोद भण्डारीले २८ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई–दुई विकेट लिए ।
यो जितसँगै समूह 'ए' मा रहेको आर्मी दुई खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ । तीन वटै खेल हारेको सुदूरपश्चिम तालिकाको पुछारमा छ ।
यसअघि आजै भएको विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाई (बराबरीमा सकिएको) भएको छ ।
एपीएफले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै एक सय १५ रनमात्रै बनाउन सक्यो । उसका लागि अभिषेक बस्नेतले २४, अर्जुन कुमालले १८, विपिन खत्रीले १७ रन बनाए । बलिङतर्फ एपीएफका किशोर महतो र मौसम ढकालले चार–चार विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा एक सय १५ रन बनाउँदा अलआउट भयो । उसका लागि भुवन कार्कीले २४, पुरन विकले २३ तथा लोकेश बम र सन्दीप जोराले २२–२२ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले तीन–तीन विकेट लिए ।
यो बराबरीसँगै एपीएफ तीन खेलमा पाँच अङ्कसहित समूह 'ए' को तालिकाको शीर्ष स्थानमा छ । गण्डकीको पनि उति नै अङ्क भए पनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।