राेमाञ्चक खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हरायाे

 कात्तिक १८, २०७९ शुक्रबार १७:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएकाे छ । एडिलेडमा आज शुक्रवार भएकाे राेमाञ्चक खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएकाे हाे । 

अस्ट्रेलियाले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६४ रनमात्र बनाउन सक्याे । उसका लागि राशिद खानले नटआउट ४८, गुलाबदिन नइबले ३९ र रहमनुल्लाह गुरबाजले ३० रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जाेश हेजलवुड र एडम जम्पाले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६८ रन बनायाे । उसका लागि ग्लेन म्याक्सवेलले नटआउट ५४ र मिचेल मार्शले ४५ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नवीन उल हकले तीन र फजलहक फरुकीले दुई विकेट लिए ।

याे जितसँगै अस्ट्रेलिया पाँच खेलमा सात अङ्कसहित समूह 'ए' काे तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । अस्ट्रेलियाले सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । अब उसले शनिवार हुने इङ्ग्ल्यान्ड र श्रीलङ्काकाे खेल कुर्नुपर्ने हुन्छ । त्याे खेलमा इङ्ग्ल्यान्ड विजयी हुँदा अस्ट्रेलिया स्वतः बाहिरिने छ भने इङ्ग्ल्यान्ड पराजित हुँदा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । यही समूहबाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ ।

अफगानिस्तान भने दुई अङ्कसहित तालिकाकाे पुछारमा छ । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया