हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा अहिले पाकिस्तान र बङ्लादेश खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस जितेर बङ्लादेशले ब्याटिङ गरिरहेको छ । यो खेल जित्ने टोली समूह-२ बाट सेमिफाइनलमा पुग्नेछ । यो समूहमा शीर्ष स्थानमा रहेको भारत सेमिफाइनलमा पुगेको छ ।
तेस्रोमा रहेको पाकिस्तान र चौथोमा रहेको बङ्लादेशमध्ये जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । जित्ने टोलीको ६ अङ्क हुनेछ । सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा नेदरल्यान्ड्ससँग हारेपछि दक्षिण अफ्रिका सुपर १२ को समूह-२ बाट बाहिरिएको छ । उसको ५ खेलमा ५ अङ्क मात्रै छ ।
आजै भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा सुरु हुनेछ । सुपर १२ को समूह-१ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।