पिंगलास्थानमा युवतीको हत्याका आरोपी युवा ओखलढुङ्गामा मृत भेटिए
पुस २०, २०८१ शनिबार
काठमाण्डाै - गएकाे असोज अन्तिम हप्ताकाे लगातारकाे वर्षापछि आएकाे बाढी तथा पहिराेमा परि कर्णालीमा ४९ जनाले ज्यान गुमाएका छन् । २५ जना अझै बेपत्ता छन् ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले हिजाे आइतवार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा ज्यान गुमाउने र बेपत्ता भएकाहरुकाे जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै हुम्ला र मुगुका रहेका छन् ।
असोज अन्तिम हप्तामा भएकाे अविरल वर्षाबाट जुम्ला र मुगुमा दश/दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ जनाकाे ज्यान गएकाे छ । विपदमा परि कालीकाेटमा मात्रै १८ जना बेपत्ता छन् । त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक/एक गरी २५ जना नागरिक अझै बेपत्ता रहेका उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७९/०८० को साउन, भदौ र असोज महिनामा विपदबाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर ७४ जना घाइतेका भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार ७ सय ९४ जना विस्थापित भएका छन् । त्यसमा ७ हजार ४ सय १८ कालीकोट र ५ हजार २ सय ८२ जना मुगुका रहेका छन् ।
त्यस्तै, ३ हजार २ सय ८६ हुम्लामा, जुम्लामा १ हजार ९ सय ५२, दैलेखमा १ हजार ६ सय २०, सल्यानमा ६ सय ४ र सुर्खेतमा ५ सय ६६, डोल्पामा ३२, जाजरकोटमा र रुकुमपश्चिममा १७/१७ परिवार विस्थापित भएका रोकायले बताउनुभयो । उहाँका अनुसार विपदबाट कर्णालीमा अहिलेसम्म २ हजार २ सय ५९ घरमा पूर्ण र २ हजार ६ सय ८४ घरमा आंशिक क्षति पुगेकाे छ ।
कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपातबाट दुई जनाकाे ज्यान गएकाे बताइएकाे छ। विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण खोजी तथा उद्धारकार्यमा भने केही सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
'विपद्को समयमा १ सय २८ जना नागरिककाे उद्धार गरिएको थियो', सचिव भुसालले भन्नुभयो, 'खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ ।' विपद् कुनै पनि बेला हुनसक्ने बताउँदै उहाँले स्थानीय आपत्कालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।