दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने

 पुष २०, २०८१ शनिबार १२:६:३० | रासस
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ सामाजिक उत्तरदायित्वका रूपमा कर तिर्नुपर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै यस्तोे निर्णय भएको उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले जानकारी दिनुभयो । साथै मनोरञ्जन करका रूपमा हरेक टिकटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

अब उपमहानगरपालिकाले आफैँ टिकट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने मेयर खड्काले बताउनुभयो । यसअघि महोत्सव लगाउन नगरले सिफारिश दिने तर आयोजकले आफैँ टिकट काट्ने हुँदा आम्दानी नदेखाउने गर्दा करमा छली हुने अवस्था थियो ।

यस्तै यस वर्ष महोत्सव लगाउने जिम्मा तुलसीपुर चेम्बर अफ कमर्सलाई दिने निर्णय भएको छ ।
 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया