एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । दोस्रो पारीमा आर्मी १ सय ७५ रन बनाउँदा अलआउट भयो । पुलिसले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५ रन बनाएको थियो ।
यस्तै बाग्मती प्रदेशसँगको खेलमा दोस्रो पारीको ब्याटिङ गरिरहेको मधेशले चिया समयअघिसम्म ५ विकेट गुमाएर १ सय ५८ रन बनाएकाे छ । मधेशले १ सय १० रनकाे अग्रता लिएकाे छ । मधेशले पहिलो पारीमा १ सय २ रन र बाग्मतीले १ सय ५० रन बनाएको थियो ।
दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।