ताप्लेजुङमा जीपमा आगलागी हुँदा ज्यान गुमाएका चार जनाको सनाखत, घाइतेलाई काठमाण्डौ ल्याइँदै

 वैशाख ८, २०८२ सोमबार ८:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा ज्यान गुमाएका चार जना र घाइते भएका दुई जनाको नाम ठेगाना खुलेको छ ।

ताप्लेजुङ प्रहरीका अनुसार दुर्घटनामा ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सविना आचार्य र उहाँका छोरा १० वर्षीय भविमय आचार्य घाइते भएका हुन् ।

उनीहरुलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाण्डौ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते सविना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक ताप्लेजुङ फुङलिङ नगरपालिकाका ४२ वर्षीय दुर्गा भट्टराईको ज्यान गएको छ ।

आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो । करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया