कालीकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गयो

 वैशाख ८, २०८२ सोमबार ९:०:२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर लार्फ भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको  छ ।

गएराति भएको दुर्घटनामा मुगु खत्याड–५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता–५ का २६ वर्षीय अम्बा शाही, पलाँता–४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रविन्द्र बिकको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेक बहादुर रावतले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया