मकवानपुर र काठमाण्डौ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ गतेसम्म बन्द

 पुष २२, २०८१ सोमबार १५:१६:४६ | रासस
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

मकवानपुर – मकवानपुर र काठमाण्डौ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आउँदाे माघ ७ गतेसम्म बन्द हुने भएको छ ।

यो सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिकै भीर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा माघ ७ गतेसम्म सडकमा यातायात सञ्चालन बन्द गर्न लागेको हो ।

यस्तै मकवानपुर–काठमाण्डाै जोड्ने कुलेखानी–फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

उहाँका अनुसार हेटौँडाबाट काठमाण्डाै आउने गाडी सिस्नेरीतर्फबाट र काठमाण्डौबाट हेटौँडा जाने गाडी फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडक खण्डमा स्तरोन्नति भइरहेको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया