हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियाेगितामा यो सुदूरपश्चिमको पहिलो जित हो ।
मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गर्याे । उसका लागि गजेन्द्र बोहराले ४१ रन बनाए । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन र दिवन पुनले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रन र सुवास एयरले २४ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले चार, हेमन्त धामीले तीन र गजेन्द्र बोहराले दुई विकेट लिए ।
जितसँगै समूह 'ए' काे सुदूरपश्चिमले चार खेलमा दुई अङ्क जाेडेकाे छ । कर्णाली तीन खेलमा अङ्कविहीन हुँदै तालिकाकाे पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।