लगातार ३ खेल जित्दै नेपाल साफ यू–१५ महिला च्याम्पियनशिपकाे शीर्ष स्थानमा

 कात्तिक २३, २०७९ बुधबार १९:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लगातार तीन वटा खेल जित्दै नेपाल १५ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको शीर्ष स्थानमा पुगेको छ । नेपाल नाै अङ्कसहित शीर्ष स्थानमा पुगेकाे हाे ।

आज बुधवार बङ्गलादेशको ढाकामा भएको खेलमा भुटानलाई एक–शून्य गोलले हराउँदै नेपालले शीर्ष स्थानमा रहेर फाइनल खेल्ने पक्का गरेको हो । आज नेपालको जितमा सेनु परियारले ४९ औँ मिनेटमा गोल गरिन् । 

नेपालले यसअघि भुटानलाई सात–शून्य र बङ्गलादेशलाई एक–शून्य गोलले हराएको थियो । भुटानले चार वटै खेल हारेको छ भने बङ्गलादेशको ६ अङ्क रहेको छ । 

अब नेपालले उपाधिका लागि पर्सि शुक्रवार बङ्गलादेशसँग खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया