हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
विश्वका आठौँ धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले इङ्लिस प्रिमियर लिगको क्लब किन्ने तयारी गरेको खबर सार्वजनिक भएको छ ।
अम्बानीले फेनवे स्पोर्ट्स ग्रुपले सञ्चालन गर्दै आएकाे क्लब लिभरपुल चार अर्ब युरोमा किन्ने तयारी गरेका बेलायती रिपोर्टहरूलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन ।
सन् २०१० देखि क्लब सम्हालेको फेनवेले यसै हप्ताको सुरुमा धेरैलाई चकित पार्दै क्लब बिक्रीका लागि खुला रहेको जनाएको थियो । अम्बानीले लिभरपुल किन्न सक्ने खबरले फुटबल क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ ।
यद्यपि मुकेश अम्बानीले लिभरपुल किन्न चासो देखाएको यो पहिलो पटक भने होइन । सन् २०१० मा सहारा समूहका अध्यक्ष सुब्रतो रोयसँग मिलेर रिलायन्स इन्डस्ट्रिजले लिभरपुलमा ५१ प्रतिशत शेयर खरिद गर्न चाहेका थिए । तर त्यस बेला लिभरपुलका प्रमुख कार्यकारी क्रिस्टेन पर्स्लोले हल्लाको खण्डन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।