यूएईले नेपाललाई ८४ रनले हरायाे

 कात्तिक २८, २०७९ सोमबार १६:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ८४ रनले हराएकाे छ ।

आज साेमवार त्रिवि मैदानमा यूएईले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खानले चार विकेट लिए ।

 सम्बन्धित समाचार

 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायाे । यूएईका लागि राेहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ नेपालका गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेकाे हाे । दोस्रो खेल पर्सि बुधवार र तेस्राे तथा अन्तिम खेल आउँदाे शुक्रवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया