सुदूरपश्चिम प्रदेशको बैठकमा आज पनि कांग्रेसको अवरोध

 असोज १७, २०७५ बुधबार १७:४६:२० | निर्मला खडायत
unn.prixa.net

कैलाली – बुधबार पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको संसद बैठक अवरुद्ध गरेका छन् । 

प्रदेशको राजधानीको विषयमा विरोध जनाएर पटक पटक स्थगित गर्दै आएको संसद बैठक बुधबार पनि प्रतिपक्ष दल कांग्रेसका सासंदले  राजधानी र नामाकरणको घोषणा संसदीय प्रणाली अनुसार नभएको भन्दै अवज्ञा गरेका छन् ।

प्रतिपक्षले बैठक अवज्ञा गरे पनि संसद बैठक भने सुरु भएको थियो । बैठकको शुन्य समयमा बोल्दै सांसद कृष्णा सुवेदीले प्रदेश सातको नाम र राजधानी बहुमतका आधारमा पारित भइसकेकाले अब विरोध गरेर नहुने बताउनुभयो ।

उहाँले प्रतिपक्ष दलले पनि यसमा सर्मथन जनाएर प्रदेशको विकास लागि काम गर्नुपर्नुेमा जोड दिनुभयो । बैठकमा कतिपय सांसदहरुले समयसामयिक राजधानीका विषयमा धारणा प्रस्तुत गरेका थिए भने कतिपयले अन्य विषयमा पनि बोलेका थिए ।

त्यसै समयमा बोल्दै सांसद पूर्णा जोशीले प्रेस स्वतन्त्राता माथि भइरहेको हस्तक्षेप र पछिल्लो समयमा लगातार बलात्कारका घटनाले प्रोत्साहन पाइरहेको भन्दै सरकारको ध्यानार्कषण गराउनुभयो ।

यस्तै सांसद लिलाधर भट्टले अहिलेको राजधानीका बारेमा भइरहेका टिका टिप्पणीले लोकतन्त्रतालाई धरापमा पार्न खोजेको  समेत बताउनुभयो । बुधबारको संसद बैठक प्रमुख प्रतिपक्ष दलले अवज्ञा गरे पनि प्रतिपक्ष दल राजपा भने राजधानीप्रति सकरात्मक देखिएको छ ।

राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्ण चौधरीले बैठकमा राजधानीका बारेमा सर्मथन गरेको भन्न नसके पनि यसप्रति सकरात्मक भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले विरोध गरेर केही पनि प्राप्त गर्न नसकिने भएकाले अब प्रदेशको विकासका लागि प्रतिपक्षको नाताले काम गर्न साथ दिने बताउनुभयो ।

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ लाई सभामा पेस गरिएको हो ।
यस्तै बैठकमा प्रदेशसभा नियमावली २०७४ को नियम १५१ बमोजिम हुने विषयगत समितिका सभापतिको चुनाव मिति २०७५ असोज २२ गते निर्धारण गरिएको सभामुख अर्जुन थापाले जानकारी गराउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया