तिहारलाई भनेर राेपेकाे फूल अहिले फूलेपछि बाख्रालाई खुवाउँदै

 मंसिर १, २०७९ बिहीबार २०:२२:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

तेह्रथुम – करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिकरूपमा फूल खेती गर्न पनि थालिएको छ  । 

विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिकरूपमा फूल खेती गर्नेहरू बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले एक लाख रुपैयाँको लागतमा फूल खेती गर्नुभयो । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरू फूल व्यवसायी नभएकाले उहाँले फूल खेती सुरु गर्नुभयो । 

थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गर्नुभएका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ । तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ । यति बेला उहाँको बारीमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गएको वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरि रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ,  ‘अरू नै खेती गर्दै आएका थियौँ । फूल खेतीबाट राम्रो आम्दानी लिनका लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याइ तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरू नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थ्यो । फूल लगाएर बेकार भयो ।’ लगानी नै फसेको उहाँले गुनासो गर्नुभयो ।

फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘धेरै राम्रो फूल भए पनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन । ठूल्ठूला सहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पुर्‍याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नाश भएर जाने भयो ।’

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया