इन्डो–नेपाल भलिबलमा पुलिस र आर्मी विजयी
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज नेपाल पुलिस क्लब, भारतको गुजरात प्रदेश र नेपाल आर्मी क्लब विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएका खेलमा पुलिसले मनिमुकुन्द भलिबल क्लबलाई ३–१, गुजरातले एपीएफलाई ३–१ र आर्मीले गलकोट भलिबल क्लबलाई ३–० को साझो सेटमा हराएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजना भइरहेको आजको पहिलो खेलमा पुलिसले मणिमुकुन्दलाई पहिलो सटेमा २५–१५, तेश्रो सेटमा २५–२० र चौथो सेट २५–१८ को सेटमा हरायो । दोश्रो सेटमा मणिमुकुन्दले पुलिसलाई २५–२० सेटमा हरायो ।
यस्तै आजै भएको दोश्रो खेलमा गुजरातले एपीएफलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२१ ले जितेको थियो । त्यसपछि गुजरातले लगातार तीन सेटको जीत निकाल्यो । गुजरातले दोश्रो सेट २५–१८, तेश्रो सेट २५–१५ र चौथो सेट २५–१८ ले जित्यो ।
आजै भएको तेश्रो खेलमा आर्मीले गलकोटलाई सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–२१, दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१९ ले जितेको छ । आठ वटा टोली सहभागी भएको इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता यही पुस २४ गते आउँदो बुधवारसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।