पहिलाे एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई ६ विकेटले हरायाे

 मंसिर १, २०७९ बिहीबार १८:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया छ विकेटले विजयी भएकाे छ ।

एडिलेडमा इङ्ग्ल्यान्डले दिएको दुई सय ८८ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । उसका लागि डेभिड वार्नरले ८६, स्टेभिन स्मिथले नटआउट ८० र ट्रेभिस हेडले ६९ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका डेभिड विलीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ८७ रन बनायाे । उसका लागि डेभिड मलानले एक सय ३४ रन बनाए । यस्तै डेभिड विलीले ३४ र जस बटलरले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा र प्याट कमिन्सले तीन/तीन विकेट लिए ।

यी दुई देशबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दाेस्राे खेल आउँदाे शनिवार र तेस्राे खेल आउँदाे मङ्गलवार हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया