एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधिसभा र प्रदेशसभा चुनावअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ । भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेमा रहेकाे नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा गए राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो ।
आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो । त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना शुरु भएको हो । निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
जसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा एमालेका तर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ । भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ । कार्यालयका प्रमुख न्यौपानेका अनुसार आइबार साँझ बसेको सर्वदलीय बैठकमा आज मतगणना सुरु गर्ने सहमति भएको जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा त्यस क्षेत्रका मतपेटिका राति ११ बजेसम्म ल्याएर कर्मचारीबाट बुझाई रुजु गर्ने काम सम्मपन्न भएको थियो ।
निर्वाचन क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेका छन् । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १० वटालाई अपाङ्गतामैत्री मतदान केन्द्रसहित दुई सय २२ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो । कर्मचारीको लागि समानुपातिकतर्फको मात्रै मतदान गर्ने गरी भक्तपुरमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो ।
भक्तपुरका सबै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।