नुवाकोट : पालिका चुनावमा भन्दा २० प्रतिशत कम मत खस्यो, गणना सुरु हुँदै

 मंसिर ४, २०७९ सोमबार ३:३२:३३ | रासस
unn.prixa.net

नुवाकाेट – प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यअन्तर्गत नुवाकोटमा २० प्रतिशत न्यून मत खसेको छ । गएकाे वैशाखमा सम्पन्न पालिका तहको चुनावमा ७४ प्रतिशत मत खसेकामा आइतबार सम्पन्न आम निर्वाचनमा ५४ दशमलव ३९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिकाएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । 

दुई लाख ३९ हजार सात सय २६ मध्ये एक लाख ३० हजार तीन सय ९८ मतदाताले मतदान गरेका छन् । उहाँको अनुसार निर्वाचन क्षेत्र नं १ मा करिब ४५ प्रतिशत र निर्वाचन क्षेत्र नं २ मा करीब ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ । 

निर्वाचन क्षेत्र नं १ को शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी गाउँपालिकामा न्यून मत खसेको प्रारम्भिक विवरणमा देखिएको हो । दुई वटा प्रतिनिधिसभा र चार प्रदेससभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा निर्वाचन अधिकृतको कार्यालयभित्र मतगणनास्थल तयार गरेर गणना सुरु गर्न लागिएको छ ।

नुवाकोटमा अहिले दुईवटै निर्वाचन क्षेत्रमा मतपेटिका सङ्कलन भइरहेको छ । मतपेटिका सङ्कलन सम्पन्न गरेपछि गणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । उहाँको अनुसार निर्वाचन क्षेत्र नं १ को मतगणना निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको ठाउँ तादी गाउँपालिकाको कार्यालय रहेको स्थान खरानीटार र क्षेत्र नं २ को गणनाकार्य मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरमा रहेकाे जिल्ला अदालतमा गर्न लागिएको छ । मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान र तारजालीको निर्माण गरिएको छ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया