दीपक र दीपा एकअर्काका लागि बनेका हुन् :  शिवहरि पाैडेल

 असोज १८, २०७५ बिहिबार १४:९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिनदेखि प्रर्दर्शनमा आउँदैछ । 

सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले सिनेमाको प्रचार प्रसारलाई तीव्र बनाएको छ ।
  
बिहीबारदेखि सिनेमाको प्रचारकै लागि सिटी टुर शुरु गरिएको छ । 

यस अन्र्तगत उपत्यकाका विभिन्न ठाउँमा सिनेमाको प्रचारको लागि कन्सर्ट गरिनेछ । गत वर्ष सिनेमाको टोली देश दौडाहामा पनि पुगेको थियो । तर यो वर्ष भने निर्माण पक्षले उपत्यकामा मात्रै टुर गर्ने भएको छ ।

यहि सिनेमाको प्रचार प्रसारको क्रममा हामीले सिनेमाका अभिनेता शिवहरि पौडेलसँग रमाईलो कुराकानी गर्ने अवसर पाएका छौँ । 

कुराकानीका क्रममा उहाँले दीपकराज गिरी र दीपाश्री निरौलाको खुलेर तारिफ गर्नुभएको छ ।

त्यस्तै उहाँले दीपाश्रीको फेसबुकबाट सबैलाई आई लभ यु लेखिदिने बताए । खासमा फर्सी नेटवर्कको यस मै छ मज्जामा उहाँलाई सोधिएको थियो, ‘यदि तपाईँले एक दिनको लागि दीपाश्रीको फेसबुक चलाउने अवसर पाउनु भयो भने फेसबुकबाट के लेखिदिनुहुन्थ्यो ? 

उहाँले दीपाश्रीको फेसबुकमा भएका सबै केटा साथीहरुलाई आई लभ यु लेखेर पठाइदिने बताउनुभयो । खासमा उहाँले यो सबै रमाईलोको लागि मात्रै गर्ने पनि खुलाउनुभयो ।
 
त्यस्तै यस मै छ मज्जामै कुराकानी गर्ने क्रममा उहाँले यदि नेपालको कानुन कडा हुँदैनथ्यो र दीपकराज गिरीले विहे गरेको हुँदैनथे भने दीपक र दीपाको विवाह गराइदिन चाहने पनि बताउनुभएको छ । 

उहाँले दीपा र दीपकको हरेक कुरा र गुणहरु मिल्ने भन्दै दुवै एकअर्काको लागि नै बनेको बताउनुभयो । दीपक र दीपाको सबै कुरा मिलेकै कारण दुवैले काममा पनि सफलता पाएको शिवहरिको भनाई छ । 
 
दीपक र दीपाको आगामी सिनेमा ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, किरण केसी, संजोग कोईराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।  

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया