लेखा समितिले सरकारलाई दियो निर्देशन : चिनीको मूल्य ६३ रुपैयाँभन्दा नबढाउ

 असोज १८, २०७५ बिहिबार १४:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँभन्दा नबढाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बसेको लेखा समितिको बैठकले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ भन्दा नलिन सरकारलाई निर्देशन दिएको हो । ६३ रुपैयाँ भन्दा धेरै मूल्य लिने पसल र उद्योगलाई कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । 

बुधबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको मूल्य ७० रुपैयाँ प्रतिकिलो कायम गर्ने निर्णय गरेको थियो । तर लेखा समितिको बैठकले भने अध्ययन अनुसार चिनीको मूल्य ६३ रुपैयाँ भन्दा धेरै लिन नहुने बताएको छ । 

यस्तै बैठकले चिनीको मूल्य अस्वभाविक रुपमा बढ्नुको कारण पत्ता लगाउन र समाधानको उपायसहितको प्रतिवदेन बनाउन लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिले चिनीसँगै समग्र बजारको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया