काट्दै गरेको रुख एक्कासि मोटरसाइकलमाथि ढल्दा एक जनाको ज्यान गयो

 असोज १८, २०७५ बिहिबार १९:२२:१३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको चक्रघट्टामा  बिहीबार रुखले किचेर एक जना महिलाको  ज्यान गएको छ ।

सडक छेउमा रहेको सिमलको रुख काट्दै गर्दा  रुख एक्कासि  मोटरसाइकलमाथि  ढलेपछि  गोडैता–६ की ६० वर्षीया बच्चीदेवी यादवको ज्यान गएको हो । रुख काटने चक्करघट्टा गाउँपालिका–१,  का रामआश्रेय राय र दुखा कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । 

शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया