अष्ट्रेलियालाई ४–१ गोल अन्तरले हराउँदै फ्रान्सको विजयी सुरुवात

 मंसिर ६, २०७९ बुधबार ३:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियालाई ४–१ गोल अन्तरले हराउँदै साविक विश्वकप विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ । फिफा विश्वकप २०२२ अन्तर्गत कतारको अल जानुब रंगशालामा भएको खेलमा फ्रान्सले फराकिलो गोल अन्तरका साथ जित हात पारेको हो ।

खेलकाे पहिलो गोल अष्ट्रेलियाले गरे पनि पछि संख्या बढाउन सकेन । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । तर फ्रान्सका ओलिभर जेरुडले दुई गोल गरे भने एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । 

यो जितसँगै फ्रान्सले ३ अंक जोडेको छ । समूह डी को फ्रान्स शीर्ष स्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया