सर्पले डसेर वडाध्यक्षको मृत्यु

 जेठ २४, २०७५ बिहिबार ८:६:२६ | उज्यालो सहकर्मी

मोरङ – धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राति सर्पले डसेर ज्यान गएको छ।

राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया