‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाडाैं – नेपालको कर्णाली भन्ने बित्तिकै विकासका पूर्वाधार र सेवा सुविधाको अभाव भएको राजधानीबाट निकै टाढाको क्षेत्र भन्ने बुझिन्छ तर काठमाडौँको शङ्खपरापुर नगरपालिकाका प्रायः सबै बस्ती सेवा सुविधाको हिसाबले कर्णालीभन्दा कम छैनन् ।
राजधानीबाट नजिकै रहेको याे नगरपालिकाको वडा नं १ केराघारी सेवा र सुविधा अभावको एउटा उदाहरण हो । तामाङ बस्तीको बाहुल्य रहेको यस क्षेत्रमा सडक पुगे पनि अहिलेसम्म सवारी साधान भने सञ्चालन हुन सकेको छैन । गाडी चढ्नका लागि एक घण्टा उकालो हिँडेर छाप भन्ज्याङसम्म आउनुपर्ने बाध्यता रहेको स्थानीयवासी सूर्य मोक्तान बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “काठमाडाैं जिल्ला भनेपछि सेवा सुविधाको कुनै अभाव नहोला भन्ने लाग्ला तर हामीले सजिलै यातायातको पहुँच, नजिकै विद्यालय र स्वास्थ्य चौकी भएको कहिल्यै महसुस गर्न पाएनौँ ।”
याे नगरपालिकाको वडा नं २ पटापमा पनि उस्तै समस्या छ । यातायात असुविधाका कारण यहाँका विद्यार्थीलाई उच्च शिक्षाका लागि डेढ घण्टा हिँडेर जहरसिंहपौवासम्म पुग्नुपर्ने बाध्यता छ भने बिरामी पर्दा उपचारका लागि गाउँमा एम्बुलेन्ससमेत नपुग्नाले कतिपय बिरामीको त अस्पताल ल्याइ नपुर्याउँदै बाटोमै मृत्यु हुने गरेको स्थानीयवासी वीरेन गुरुङ बताउनुहुन्छ ।
यही नगरपालिकाको वडा नं ३ घट्टेकुलो पनि सेवा र सुविधाको दृष्टिले पछि परेको गाउँ हो । उक्त ठाउँबाट करीब एक घण्टा पैदल हिँडेपछि मात्रै यातायाताको सुविधा उपभोग गर्न पाइन्छ । घट्टेकुलोमा सडकको दुरवस्थाका कारण एम्बुलेन्स समेत जान सक्दैन ।
टोलमा कोही बिमारी हुदाँ बिरामीलाई बोकेरै जहरसिंहपौवा ल्याउनुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । सडक पुगे पनि सानो र कच्ची सडकका कारण सवारी साधन चल्न नसकेकाले घट्टेकुलोसम्म यातायात चलाउनका लागि सडक बढाउने र मर्मत गरिने लक्ष्य रहेको वडाध्यक्ष सन्तबहादुर वाइवा बताउनुहुन्छ ।
प्राकृतिक सुन्दरताले रमणीय रहेको काठमाडौँ जहरसिंहपौवासम्म पुग्नका लागि पनि निकै कठिन छ । सडकको हिलो र धुलोका कारण समयमा पुग्न सकिँदैन । सहज र सजिलै यात्रा स्थानीयवासीका लागि कल्पना मात्र हुने गरेको छ ।अहिले साँखुसम्म पुग्नका लागि सडकको दुरवस्थाका कारण कर्णलीको विकट गाउँ गएजस्तो समस्या झेल्नुपर्ने यात्रु महेश पुडासैनी बताउनुहुन्छ ।
सडकभरि खाल्डै खाल्डा छन् समयमा नपुगे पनि सकुशल पुग्न पाए भाग्य ठानिने गरेको पुडासैनीको भनाइ छ । दिनहुँ कहिले गाडी त कहिले मोटरसाइकल खाल्डोमा परेर दुर्घटना हुने गरेको सर्वसाधरण बताउँछन् ।
साँखुबाट केही माथि उक्लिने बित्तिकै काठमाडौँको कर्णाली भनेर चिनिने छाप भञ्याङका, घुमारचोक, लप्सेफेदी र नाङलेभारेमा अघिपछि चल्ने बस बर्खाको समयमा बन्द हुन्छ । विद्यार्थीलाई विद्यालय पुग्न एक घण्टा उकालो चढ्नु पर्छ । स्थानीयवासी रमा तामाङ भन्नुुहन्छ, “चापकोबोटमा विद्यालय छ, माध्यामिक तहको कक्षाका लागि एक घण्टा ठाडो उकालो हिँड्नुपर्छ, काठमाडौँ भनेर मात्रै के गर्नु सेवा र सुविधाको हिसाबले त यो कर्णाली भन्दा विकट छ ।”
यातायातको असुविधा मात्र होइन, गाउँमा खानेपानीको पनि अभाव छ , खानेपानीका धारा पुग्न घरबाट आधा घण्टा तल झर्नुपर्छ, त्यहाँ पनि कहिले हप्ता दिन त कहिले एक महीनासम्म पानी आउँदैन ।गाउँमा सडकको अवस्थाले एम्बुलेन्ससमेत आउँदैन बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था छ । बालबालिका पढ्न जान पनि पौने घण्टा उकालो हिँड्नुपर्ने हुन्छ । कतिपय बालबालिका त हिँड्न पर्ने भएकाले विद्यालय जान मान्दैनन् भन्नुहुन्छ सोही ठाउँ निवासी बीरबहादुर तामाङ ।
नगरपालिकाको यी बस्तीमा सडक, स्वास्थ्यचौकी, खानेपानी र विद्यालयको मात्रैको सुविधा भएमा निकै सहज हुन्छ तर लामो समयदेखि निकै दुःख झेल्दै आइरहेका हामीहरूलाई काठमाडौँ कै बासिन्दा हौँ भन्न पनि हिनताबोध हुने वडा नं १ का सूर्य मोक्तान बताउनुहुन्छ ।यस विकट क्षेत्रमा सरकारले समयमै ध्यान पुर्याउन र विद्यामान समस्या समाधान यहाँका बासिन्दाले माग गर्दै आएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।