आईपीएल क्रिकेटमा बैंगलुरुको दोस्रो जित, हैदरावादलाई ३५ रनले...
बैशाख १४, २०८१ शुक्रबार
बारा – वन प्राविधिक संघ बाराले दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बारामै निर्माण गर्न सरकारसँग माग गरेको छ ।
संघले बाराको कलैयामा पत्रकार सम्मेलन गरी वन कटानका कारण वातावरणमा असर पर्ने बहानामा विमानस्थल बारामा निर्माण हुन नदिने षडयन्त्र भएको आरोप लगाएको छ ।
संघका जिल्ला अध्यक्ष समेत रहनु भएका वनस्पति विभागमा पूर्व महानिर्देशक राजदेवप्रसाद यादवले विमानस्थल निर्माणका लागि ८० हजार ४५ हेक्टर वन क्षेत्र छुट्टयाइएकोमा १५ हजार ५० हेक्टर क्षेत्रको रुख मात्र कटान गरी विमानस्थल निर्माण गरिने र बाँकी ६९ हजार ९५ हेक्टर विमानस्थलका लागि संरक्षित क्षेत्रको रुपमा राख्ने योजना भएकोमा केही संघ संस्था र व्यक्तिले गलत प्रचार गरी विमानस्थल बारामा बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।
पूर्व महानिर्देशक यादवले यसअघि बारामा पनि साढे तीन हजार हेक्टर वन अतिक्रमण हुँदा वातावरणको बारेमा सरोकारवालाले आवाज नउठाएको प्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो महत्वपूर्ण कार्यको लागि १५ हजार ५० हेक्टर वन कटानी गर्न खोज्दा किन रडाको मच्चिएको ?’
उहाँले विमानस्थलभित्र निर्माण गरिने सिटी उत्तरी क्षेत्रमा नभई दक्षिणी क्षेत्रमा निर्माण गरी वनको अतिक्रमण न्यून गर्न सकिने धारणा राख्नुभयो ।
विमानस्थलको डीपीआर तयार भई लगानी सुनिश्चित नभएसम्म वन कटानी गर्न नहुने यादवको भनाई छ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।