घुस नदिइकन कामै बन्दैन, प्रधानमन्त्रीलाई यो कुरा कस्ले भनिदिने...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै - काठमाण्डाै उपत्यकामा शृङ्खलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पत्ता लगाएको हो ।
खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ठाउँमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ ।
यस ठाउँकाे एक पक्राउ पर्नेमा सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर रहेका छन् । उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट तीन थान मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ । तीनैवटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । उनले अन्य विभिन्न क्षेत्रबाट पनि मोटरसाइकल चोरी गरेको आशङ्का रहेकाले थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।